लोड हुँदैछ...

मेनु

नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ ।

संसद भवन बानेश्वरमा बिहीबार बसेको नेकपा एकीकृत समाजवादी संसदीय दलको बैठकले शुक्रबार संसदमा प्रधानमन्त्री प्रचण्डको विश्वासको मतको प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

बैठकले प्रचण्डको पक्षमा विश्वासको मत दिन ह्वीप जारी गर्ने निर्णय गरेको नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डले जानकारी दिए ।

एकीकृत समाजवादीले अब बन्ने नयाँ गठबन्धनलाई समर्थन नगर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।