मौसम

सुनसरी खोला ‘डेन्जर’ बन्दै, कोशीका यी पाँच स्थानमा अत्याधिक वर्षा

विराटनगर । कोशी प्रदेशका विभिन्न पाँच ठाउँमा २४ घण्टामा भारी वर्षा भएको छ । यस्तै सुनसरी खोलाको जलसतह अत्याधिक बढेको कारण खतरा रहेको जनाइएको छ ।

पूर्व पश्चिम राजमार्गमा रहेको सुनसरी खोलामा साढे ६ बजे गरिएको मापन अनुसार खोलामा पानीको सतह समुद्र सतहबाट ८१.२२ मिटर माथि पुगेको छ । अहिले पानीको बहाब स्थिर रहेको जनाइएको छ ।

यस्तै झापाको कन्काई नदीमा पनि पानीको सतह समुद्र सतहबाट ११३.८४ मिटर माथि पुगेको छ । खोला बढ्ने क्रममा रहेकोले सुरक्षित रहने विभागले चेतावनी दिएको छ । सुनसरी खोलामा भने खतराको तह पार गरेको विभागले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागले गरेको मापन अनुसार सुनसरीको चतरा, उदयपुरका उदयपुर गढी, सुनसरीको धरान, धनकुटाको मछुवाघाट र मोरङको केराबारीमा भारी वर्षा भएको हो ।
सुनसरीको चतरामा २४ घण्टामा १७१.८ मिलिमिटर पानी परेको छ । यस्तै उदयपुर २४ घण्टामा १४४ मिलिमिटर पानी परेको छ । धरानमा २४ घण्टामा १६०.४ मिलिमिटर पानी गरेको छ ।

धनकुटाको मछुवाघाटमा भने १२ घण्टामै ८०.२ मिलिमिटर पानी परेको छ । २४ घण्टामा त्यहाँ १४२.४ मिलिमिटर पानी परेको छ । यस्तै मोरङको केराबारीमा २४ घण्टामा १५५.४ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार १२ घण्टामा १२० मिलिमिटर र २४ घण्टामा १४० मिलिमिटर भन्दा बढी पानी परेमा भारी वर्षा मानिन्छ । यस्तै १ घण्टामा ६०, ३ घण्टामा ८० र ६ घण्टामा १ सय मिलिमिटर पानी परेमा पनि भारी वर्षा भएको मानिन्छ ।

मङ्गलबार, २६ असार, २०८१, रातीको ०८:०९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर