ब्यारेजमा पुलबाट दाउरा संकलन गर्ने बालक कोशीमा बेपत्ता

विराटनगर । सप्तकोशी नदीको कोशी ब्यारेज पुलमा दाउरा संकलन गर्ने क्रममा आइतबार राति एक जना बालक बेपत्ता भएका छन् । कोशी ब्यारेज पुलमा भालासहित दाउरा संकलन गर्ने क्रममा दाउरासँगै पुलबाट खसेर एक बालक बेपता भएका हुन् ।

स्थानीयवासी देवराज यादवको अनुसार कोशी ब्यारेज पुलमा दाउरा संकलन गर्ने भारतीय १६ वर्षीय बालक रुपेश सदा बेपत्ता भएका हुन् । सदाको शव हालसम्म फेला नपरेको प्रहरीले जनाएको छ । सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले कोशीको सप्तरी खण्डको पुलमा घटना भएको जानकारी दिए ।

सोमबार, २५ असार, २०८१, साँझको ०७:५८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर