संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका –११ केराबारीमा भरुवा बन्दुकको छर्रा लागेर एक महिला घाइते भएकी छन् । घाइते हुनेमा चैनपुर नगरपालिका –११ केराबारी बस्ने ४५ बर्सिया मेनुका खतिवडा रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक श्रेष्ठका अनुसार घर नजिकै रहेको मकै बारीको टहरामा सुतिरहेकी खतिवडा बन्दुकको छर्रा लागेर गम्भीर घाइते भएकी हुन् । दुम्सीलाई हानेको बन्दुकको छर्रा लागेर गम्भीर घाइते भएकी हुन् । प्रहरीले महिला माथि बन्दुक प्रहार गर्ने दुई जनालाई सोमबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।। बारीको टहरामा मकै रुघेर सुतिरहेकी खतिवडाको ढाडको दाहिने पट्टी भरुवा बन्दुकको छर्राले लागेको छ ।
घाइते खतिवडाको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चैनपुर–११ का किङरिङका ३७ वर्षीय लंक तामाङ भन्ने अनिल कुमार तामाङ र सोही ठाउँका २६ वर्षीय तुलसी जिमीलाई लोड भएको दुई वटा भरुवा बन्दुक सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उक्त घटना असार ४ गते भए पनि असार २१ गते मात्र बाहिर आएको हो । घाइते महिलाको थप उपचारका लागि काठमाडौँ लगेपछि मात्र बाहिर आएको हो । प्रहरीले उनीहरूको साथबाट असार २२ गते एक थान बरुवा बन्दुक र ४ सय ३२ ग्राम बारुद समेत बरामद गरेको छ । पक्राउ परेका तामाङ र जिमीलाई जिल्ला अदालत संखुवासभाबाट म्याद थप गरी मुलुकी अपराध संहिता, २०७४ बमोजिम ज्यान मार्ने उद्योग र हातहतियार खरखजना कसुरमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।