लोड हुँदैछ...

मेनु

बाढी पहिरोबाट ४८ को मृत्यु

बाढी पहिरोबाट ४८ को मृत्यु

विराटनगर । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरोबाट आइतबार दिउँसोसम्म ४८ जनाको मृत्यु भएको छ । गत जेठ अन्तिमयताको विवरणअनुसार बाढी, पहिरोबाट ४८ जनाको ज्यान गएको नेपाल प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कोशी प्रदेशमा ११ जना, मधेश प्रदेशमा २ जना, बागमती प्रदेशमा २ जना, गण्डकी प्रदेशमा १९ जना, लुम्बिनी प्रदेशमा १० जना, कर्णाली प्रदेशमा २ जना, काठमाडौं उपत्यकामा १ जना र सुदूरपश्चिम प्रदेशमा १ जनाको निधन भएको छ । बाढी र पहिरोमा परेर कोशी प्रदेशमा ११ जना, मधेश प्रदेशमा ४ जना, बागमती प्रदेशमा ४ जना, काठमाडौं उपत्यकामा ३ जना, गण्डकी प्रदेशमा १८ जना, लुम्बिनी प्रदेशमा २ जना, कर्णाली प्रदेशमा ११ जना र सुदूरपश्चिम प्रदेशमा १ सहित ५४ जना घाइते भएका छन् ।

बाढी–पहिरोमा परेकामध्ये कोशी प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा १२ जना गरी जम्मा ५३ जनाको उद्दार गरिएको रेकर्ड छ । बाढी–पहिरोबाट कोशी प्रदेशमा ३ जना, बागमती प्रदेशमा २ जना, गण्डकी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना गरी ७ जना बेपत्ता छन् ।

बाढीका कारण जम्मा १२१ घर डुबानमा परेका छन् भने ८२ वटा घर, ४६ वटा गोठ, ४१ वटा पुल, १ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । यस्तै १८८ वटा पशु चौपाय मरेका छन् । उक्त अवधिमा विपद्का घटनाबाट १ हजार ५८ घर परिवार विस्थापित भएको प्रहरीको तथ्यांक छ ।

बाढी पहिरोको जोखिमका जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।