बेलबारी । नेपाल महिला संघ मोरङ क्षेत्र नम्बर तिनमा आइतबार भएको भेलाबाट मञ्जु फुयाल रेग्मीको नेतृत्वमा २१ सदस्सीय तदर्थ समिति गठन भएको छ ।
नेपाली काँग्रेस मोरङ क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति गणेश खड्काको प्रमुख आतिथ्यमा भएको उक्त भेलामा क्षेत्रीय सचिव राजेन्द्र बहादुर अधिकारी साथै बेलबारी नगर सभापति छत्र लिम्बु लगायतको उपस्थिति रहेको थियो ।
नेपाल महिला संघ जिल्ला सभापति शान्ता पौडेलको सभापतित्वमा गठन भएको उक्त समितिको उपसभापतिमा सिता रायमाझी र भिमकुमारी गुरुङ, सचिवमा मुना पाण्डे र अस्मिता सुवेदी, सहसचिवमा रुपा भटराई र रेणुका आचार्य, सदस्यहरूमा दिलकुमारी विक, इश्वरा खरेल, पम्फा धिमाल, सिर्जना सार्की, लक्ष्मी तामाङ, सुनिता राजवंशी, मञ्जु चौधरी, शान्ति भुजेल, सङ्गीता खवास, लक्ष्मी भण्डारी, उमा खड्का, रणमाया थापा, कुमारी नेपाली र शर्मिला तामाङ रहेका छन् । मञ्जु यस अगाडी सचिव थिइन ।