लोड हुँदैछ...

मेनु

प्रदेशको लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव गुरागाईलाई नियुक्त गर्न सिफारिस

प्रदेशको लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव गुरागाईलाई नियुक्त गर्न सिफारिस

विराटनगर । कोशी प्रदेशको लोक सेवा आयोगको अध्यक्षमा पूर्व सचिव महेन्द्र प्रसाद गुरागाईँलाई नियुक्त गर्न सिफारिस गरिएको छ ।

आइतबार मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षता बसेको सिफारिस समितिको बैठकले उनलाई नियुक्त गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

लामो समय देखी निजामती सेवामा काम गरेका गुरागाईँ सँग लोक सेवा आयोगमा काम गरेको अनुभव छ । उनी दुई वर्ष अघि सेवाबाट अवकाश भएका थिए । तेह्रथुमको म्याङ्लुङ पुरानो घर भए पनि उनी मोरङको मङ्गलबारेमा बसोबास गर्ने गर्छन् ।

सिफारिस समितिमा मुख्यमन्त्री , प्रदेश सभाका सभामुख र विपक्षी दलका नेता रहने कानुनी व्यवस्था छ । प्रदेश लोक सेवा आयोग ऐन २०७६ अनुसार आयोगको अध्यक्ष समाधि ६ वर्षको हुन्छ । यस अघिका अध्यक्ष उत्तम भट्टराईले उमेर हदका कारण अवकाश भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।