लोड हुँदैछ...

मेनु

कोशी ब्यारेजका ४१ वटा ढोका खोलिए

कोशी ब्यारेजका ४१ वटा ढोका खोलिए

विराटनगर । सप्तकोशी नदीको जलसतह बढ्दै गएको छ । बिहान ६ बजेसम्म कोशी ब्यारेजमा तीन लाख १६ हजार आठ सय क्युसेक पानी मापन गरिएको हो ।

सप्तकोशी जलमापन केन्द्रका अनुसार पानीको बहाव बढ्दै गएसँगै कोशी ब्यारेजका ४१ वटा ढोका खोलिएका छन् ।

सप्तकोशी जलमापन केन्द्रमा जलसतह सतर्कता पार गरेको छ ।

अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तकोशी नदी किनारका बासिन्दालाई सुरक्षित रहन केन्द्रले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।