लिम्चुङबुङ्गमा रक्सीदेखि गुड्खासम्म बिक्री वितरणमा प्रतिबन्ध

विराटनगर । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले मदिरा बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ

बोतलमा प्याक भएको मदिरा, कोक फेन्टा, चुरोट खैनी तथा गुट्का बिक्री वितरणमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । असार १८ गते बसेको कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो ।

बियर, रक्सी, कोक, फेन्टा, रेडबुल, सुर्ती चुरोट, गुड्खाको बिक्री वितरणमा प्रतिबन्ध लगाउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र राज गुरुङले हस्ताक्षर गरेको सुचनामा उल्लेख गरीएको छ ।

सूचनामा असार १८ गतेदेखि यस्ता यस्ता पदाथको आयातमा पूर्ण रूपमा प्रतिबन्ध लगाएको जनाइएको छ । त्यसैगरी हाल आयात भइसकेको हकमा भने आगामी असोज १५ गतेभित्र विक्री वितरण गरिसक्न समेत गाउपालिकाले अनुरोध गरेको छ ।

बिहिबार, २१ असार, २०८१, साँझको ०७:२२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर


You cannot copy content of this page