धान रोप्न सघाउन घर गएका छोराले गरे आमाको हत्या

विराटनगर । तेह्रथुमको लालीगुराँस नगरपालिका वडा न ८ को तेजेन्द्र चोकको गुइदे टोलमा छोराले आमाको हत्या गरेका छन् ।

४३ वर्षकी तिलमाया नेपालीको उनकै माइला छोरा २३ वर्षका दीपकले खुकुरी प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय वसन्तपुरका प्रहरी निरीक्षक खगेन्द्र एकतेनले जानकारी दिए ।दीपक भने मोरङको विराट चोकमा बस्दै आएका थिए । आमालाई धान रोप्न सघाउन घर गएका बेला उनले हत्या गरेका हुन् । मृतक तिलमायाका जेठा र कान्छा छोरा वैदेशिक रोजगारीमा दुबई गएका छन् ।

घरायसी सामान्य विवाद हुँदा धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ प्रहरी निरीक्षक एकतेनले भने ‘घरमा कोही नभएको मौका छोपेर हिर्काएछन् ।’

तिलमाया छोरीहरूसँग बस्दै आएकी थिइन् । माहिली छोरी खेताला गएकी थिइन भने कान्छी छोरी सानै छिन् । जेठी छोरीको विवाह भइसकेको छ ।

शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल तेह्रथुम लगिएको प्रहरीले जनाएको छ । दीपकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । पोष्टमार्टमपछि घटनाको विवरण थप खुल्ने प्रहरीले जनाएको छ ।

बिहिबार, २१ असार, २०८१, साँझको ०७:१२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर


You cannot copy content of this page