प्रतिनिधि सभाको सचिवमा सुरेश अधिकारी नियुक्त

काठमाडौं । प्रतिनिधि सभाको सचिवमा सुरेश अधिकारी नियुक्त भएका छन् । अधिकारीलाई राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सचिवमा नियुक्त गरेका हुन् । उनि सङ्खुवासभा का हुन ।

‘राष्ट्रपति पौडेलले प्रतिनिधि सभाका सभामुखको सिफारिसमा नेपालको संविधानको धारा, १०६ को उपधारा (१) बमोजिम अधिकारीलाई सङ्घीय संसद्, प्रतिनिधि सभाको सचिव पदमा नियुक्त गर्नुभएको छ,’राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सभामुख देवराज घिमिरेले पूर्वसचिव अधिकारीलाई प्रतिनिधि सभाको सचिव पदमा नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेका थिए । अधिकारी शिक्षा मन्त्रालयको सचिवबाट केही समयअघि मात्र रिटायर्ड भएका थिए ।

उमेर हदका कारण प्रतिनिधि सभाको सचिवका रूपमा अधिकारीले दुई वर्ष काम गर्नेछन्। अधिकारीले राजनीति शास्त्र र जनप्रशासनमा स्नातकोत्तर गरेका छन् ।

मङ्गलबार, १९ असार, २०८१, साँझको ०५:४६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर


You cannot copy content of this page