एमालेका मन्त्रीहरूले आजै राजीनामा दिने

काठमाडौँ ।पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिने भएका छन् ।

सोमबार मध्यरातमा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने दुई ठुला दलबिच सहमति भएको थियो । अहिले मन्त्रीहरूले राजीनामा बुझाउन जानेबारे छलफल भइरहेको एक मन्त्रीले बताए ।

संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारसहित अर्थतन्त्र सुधारमा काम गर्ने प्रतिवद्धतासहित एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार राति सहमति पत्रमा हस्ताक्षर गरिसकेका छन् ।

सहमतिसँगै प्रचण्ड सरकार ढल्ने निश्चित भएको छ । एमालेका मन्त्रीहरूले राजीनामा दिएपछि प्रधानमन्त्री प्रचण्डले मार्गप्रशस्त गर्ने कांग्रेस–एमालेको विश्वास छ ।

उता, नेपाली कांग्रेसले हिजो भएको सहमति र नयाँ सरकार गठनबारे छलफल गर्न पार्टीको पदाधिकारी बैठक बोलाएको छ । बैठक ९ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्नेछ ।

मङ्गलबार, १९ असार, २०८१, बिहानको ०९:१३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर


You cannot copy content of this page