लोड हुँदैछ...

मेनु

ओलीले आफ्ना सबै मन्त्रीलाई बोलाए बालकोट

ओलीले आफ्ना सबै मन्त्रीलाई बोलाए बालकोट

काठमाडौ । एमाले अध्यक्ष केपी ओलीले सरकारमा सहभागी पार्टीका सबै मन्त्रीलाई बालकोटस्थित आफ्नो निवासमा बोलाएका छन्।

अध्यक्ष ओलीले आज साँझ साढे ६ बजे आफ्नो निवासमा मन्त्रीहरूलाई छलफलका लागि बोलाएका हुन्।

पछिल्लो समय प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताबीच द्विपक्षीय भेटवार्ता बाक्लिएका वेला एमाले अध्यक्षले मन्त्रीहरूलाई सामूहिक रूपमा भेटका लागि बोलाउनुलाई सत्ताराजनीतिमा चासोका साथ हेरिएको छ।

पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओली तथा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बेग्लाबेग्लै भेटवार्ता चलिरहेका छन् ।

ती भेटवार्तामा लामो समयसम्म नेताहरू छलफलमा बसेको देखिन्छ। प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्षबीच आजै पनि भेटवार्ता भएको छ। ओली र देउवाको पछिल्लो भेटपछि भने राजनीतिक वृत्त तरंगित बनेको छ। सामाजिक सञ्जालहरूमा त्यसलाई सम्भावित सत्तापरिवर्तनको तयारीका रूपमा चर्चा भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।