एसईईको नतिजामा एभरेष्ट बन्यो कोशी प्रदेशकै उत्कृष्ट स्कूल

विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले यस वर्षको एसईईको रिजल्ट कोशी प्रदेशकै उत्कृष्ट ल्याएको दावी गरेको छ ।

यस वर्ष एभरेष्टका २१२ जना विद्यार्थीले एसईई परिक्षा दिएकोमा तीन जनाले ४ जीपीए ल्याएका छन् भने ११२ जनाले ३.६१ देखि ४ जीपीएसम्म ल्याएका छन् । यस्तै ३.२१ देखि ३.६ सम्मको जीपीए ल्याउने विद्यार्थीको संख्या ९२ रहेको स्कूलले जनाएको छ ।

स्कूललका ८ जनाले २.८१ देखि ३.२ जीपीएसम्म ल्याउँदै शतप्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । अहिलेसम्म सार्वजनिक भएका नतिजा हेर्दा एभरेष्टको नतिजा कोशी प्रदेशकै उत्कृष्ट रहेको स्कूलका भाइस प्रिन्सिपल टिएन भण्डारीले बताए ।

देशकै अब्बल शिक्षण संस्थाका रुपमा अग्रसर रहेको एभरेष्ट स्कुलले भौतिक पूर्वाधारसँगै शिक्षण पद्दति पनि सोहि अनुसारको अवलम्वन गर्दै आएको छ । विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले शैक्षिक गुणस्तर वृद्धिका लागि गरेका अभ्यास, विभिन्न क्षेत्रसँगको सहकार्यको नतिजा यस वर्षको रिजल्ट रहेको बताए । उनले भने, ‘आगामी वर्ष क्रमशः थप राम्रो बन्दै जान्छ, यस्तो नतिजा शैक्षिक मात्र नभई सबै क्षेत्रमा आउँछ, आउनुपर्छ ।’

विद्यार्थीको सर्वाङ्गीण विकासका लागि विभिन्न विषय विज्ञहरुद्वारा विभिन्न कृयाकलापमा सहभागि गराउँदै आएको एभरेष्टले शैक्षिक गुणस्तरका लागि पनि नविन प्रयोग गर्दै आएको छ । ललितपुरको रातो बंगला फाउण्डेसन, कारखाना, युकेको डीजी स्कुलसँगको सहकार्यले बालबालिकालाई आत्मविश्वासी बनाउँदै विभिन्न अन्वेशण तथा प्रविधिमैत्री बनाउँदै लैजाने तथा भारतको नयाँ दिल्लीमा सफल प्रयोग भइसकेको ह्याप्पीनेस करिकुलमले विद्यार्थीलाई आत्मसम्मानमा सघाउ पुग्ने स्कुलको विश्वास छ ।

‘हामीले देखेको सपना र गरेको लगानीलाई अभिभावक, विद्यार्थी तथा शिक्षक कर्मचारीले गरेको मेहनतको प्रतिफल हो’ प्रिन्सिपल पुरीले भने, ‘सबै क्षेत्रमा उत्कृष्टता हासिल गर्दै एभरेष्ट विश्वस्तरीय शिक्षा प्रदान गर्ने संस्थाको रुपमा स्थापित हुने लक्ष्य लिएको छ ।’ कोशी प्रदेशको राजधानी विराटनगरमा रहेर पनि अन्तर्राष्ट्रियस्तरको शिक्षण संस्था बनाउन एभरेष्ट भौतिक संरचनामा समेत उस्तै गरि लगानी गरेको छ ।

एभरेष्ट स्कुलले यसअघि पनि एसईईको नतिजा उत्कृष्ट ल्याउँदै पटक पटक राष्ट्रिय तथा क्षेत्रीय पुरस्कारहरू प्राप्त गर्दै आएको छ ।

बिहिबार, १४ असार, २०८१, साँझको ०५:४३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर


You cannot copy content of this page