डिआइजी पोखरेको १८ महिना : सीमामा हुने अपराध नियन्त्रणमा महत्वपूर्ण सफलता

विराटनगर । सशस्त्र प्रहरी बल नेपाल १ नं. बराह वाहिनीका प्रमुख नायव महानिरीक्षक अन्जनी कुमार पोखरेलको करिब १८ महिनाको कार्यकालमा भएका काम सार्वजनिक भएको छ ।

उक्त कार्यालयको प्रेस विज्ञप्ति अनुसार पोखरेलको कार्यकालमा सीमापार अपराध नियन्त्रणमा महत्वपूर्ण सफलता हासिल भएको छ । ४७ करोड बढीको अवैध सामग्री र नगद १ करोड ५० लाखभन्दा बढी बरामद गरिएको छ । हिरोइन, गाँजा, ट्रामाडोल र स्पासमिडसमेत लागुऔषध बरामद गरी ११६ जना व्यक्ति पक्राउ परेका छन् ।

विपद् व्यवस्थापन र पूर्वतयारीमा पनि सशस्त्र प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । २० जना गोताखोरको तालिम गरिएको छ भने ६५८ विपद् घटनामा १०२ जनाको जिउँदै र ४६ जनाको शव उद्धार गरिएको छ ।

सीमा सुरक्षासम्बन्धी गतिविधिहरू पनि सशस्त्र प्रहरीको प्रमुख दायित्वमा परेका छन् । ६ वटा नयाँ बोर्डर आउटपोष्ट स्थापना भएका छन् भने ४८३ वटा सीमा स्तम्भको रंगरोगन र मर्मत गरिएको छ । अतिक्रमण हटाउने कार्यसमेत भएको छ ।

पोखरेलको कार्यकालमा सीमा क्षेत्रमा ७ हजार ७९९ पटक संयुक्त तथा एकल गस्ती गरिएको छ भने २५६ वटा सीमा सहजीकरण बैठक वा अन्तरक्रिया भएको छ । यस्तै सामाजिक कार्यक्रमअन्तर्गत ९ सय ८१ जना प्रहरीले रक्तदान गरेका छन् । यस्तै तेस्रो महाकुम्भ मेलामा ३ हजार ११८ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको पोखरेलले जनाएका छन् ।

मङ्गलबार, ०१ जेठ, २०८१, साँझको ०५:३५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर


You cannot copy content of this page