हराएका १२१ वटा मोवाइल धनीलाई फिर्ता

विराटनगर । जिल्ला प्रहरी कार्यालयमोरङले आर्थिक वर्ष २०८०/८१ मा हालसम्म १२१ वटा बेपत्ता मोबाइल फोनहरू फेला पारी सम्बन्धित धनीहरूलाई फिर्ता गरेको छ ।

बैशाख महिनामा मात्रै २१ वटा मोबाइल धनीहरूलाई बुझाइएको प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र बहादुर बस्नेतले बताए ।

जिल्ला प्रहरी कार्यालय हराएका वा चोरिएका मोबाइल फोनहरू फेला पार्ने र धनीलाई फिर्ता गर्ने प्रहरीको भूमिकाले सर्वसाधारण खुसि भएका छन् । हराएको मोबाइल फिर्ता पाउदा स्थानीयले प्रहरीलाई धन्यवाद ज्ञापन गरेका छन् ।

मङ्गलबार, ०१ जेठ, २०८१, साँझको ०५:०५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर