हप्ता दिनभित्रमा सरकार विस्तार हुन्छ मुख्यमन्त्री

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले एक साता भित्र मन्त्रिपरिषद् विस्तार गर्ने बताएका छन् ।

विश्वासको मत प्राप्त गरेपछि उनले गठबन्धन दलका बिचमा छलफल गरेर यसै साता मन्त्री परिषद् विस्तार गर्ने बताएका हुन । सत्तारुढ दल नेकपा माओवादी केन्द्रसँग छलफल गरेर चाडै मन्त्रीमण्डल विस्तार गर्ने उनले बताए ।

अहिलेसम्म मन्त्रालय बढाउने कुनै योजना नरहेको उनले बताएका छन् । ‘मन्त्रालय नबढाउने विषयमा सहमति भएको छ,’ उनले भने ‘थप कुरा गठबन्दन दलमा छलफल गरेर अगाडी बढछौ ।’

उनले केन्द्रीय सत्ता गठबन्धनमा रहेका दलहरूलाई पनि सरकारमा लैजाने विषयमा छलफल भइरहेको बताए । जसपाले सत्ता पक्षमै बसेर सहयोग गरेको छ पाटी विभाजन भएकाले निर्वाचन आयोगमा सनाखत गरेपछि थप छलफल गर्ने बताए । हिजो सम्म विश्वासको मत नदिने अडानमा रहेको नेकपा एकीकृत समाजावादीले विश्वासको मत दिएको छ । तर एसले भने विश्वासको मत दिएपनि विपक्षमा बस्ने बताएको छ । समय क्रममा मिलेर जाने मुख्यमन्त्री कार्कीले बताए ।

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीलाई ५७ जना प्रदेश सभा सदस्यले विश्वासको मत दिएका थिए ।

कार्कीलाई एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका नेपालका प्रदेश सभा सदस्यहरूले विश्वासको मत दिएका थिए ।

सोमबार, ३१ बैशाख, २०८१, साँझको ०६:२२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर