कोशी प्रदेशका एक –दुइ स्थानमा चट्याङ्ग हावाहुरीसहित हल्का वर्षा

विराटनगर ।  आज गण्डकी प्रदेशका थोरै स्थान साथै कोशी र बाग्मती प्रदेशका एक –दुइ स्थानमा मेघगर्जन/ चट्याङ्ग हावाहुरीसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशका पहाडी भेगका थोरै स्थान साथै तराईका एक(दुई स्थानमा मेघगर्जन /चट्याङ्गरहावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति कोशी प्रदेशलगायत बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक– दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ ।

सोमबार, ३१ बैशाख, २०८१, बिहानको ०७:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर