५६ औ वार्षिकोत्सवको अवसरमा ५५ पिन्ट रगत संकलन

विराटनगर । बिमा कम्पनीहरूको नियमनकारी निकाय नेपाल बिमा प्राधिकरणले विभिन्न कार्यक्रम गरेर वार्षिक उत्सव मनाएको छ । ५६ औ वार्षिकोत्सवको अवसर पारेर बिमा प्राधिकरण कोशी प्रदेश कार्यालयले‌ रक्तदान कार्यक्रम गरेको छ ।

५५ पिन्ट रगत संकलन गरेको हो । हिजो जीवन बिमा र निर्जीवन बिमाका बीमक कर्मचारीहरू बिच मैत्रीपूर्ण फुटबलको आयोजना गरेको थियो । जेष्ठ १ गते वार्षिक उत्सवको दिन बिमा सचेतना कार्यक्रम अन्तर्गत प्रभात फेरी कार्यक्रम आयोजना गरिने बिमा प्राधिकरण कोशी प्रदेशको प्रमुख विनोद कुमार पोखरेलले जानकारी दिए ।

प्रभात फेरी कार्यक्रम, विराटनगरको तिनपैनिबाट सुरु भएर गोल्छा चोक , जलजला रोड, ट्राफिक चोक हुँदै महेन्द्र चोकमा गएर बिमा सम्बन्धमा विविध कार्यक्रम गरेर समापन गरिने उनले बताए । साझा बीमकका कर्मचारीहरू बिच बिमा विकासको समीक्षा समेत गरिने उनले बताए ।

आइतबार, ३० बैशाख, २०८१, साँझको ०७:४६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर