संखुवासभा । मकालु हिमाल आरोहण गरी फर्कने क्रममा एक पर्वतारोहीको मृत्यु भएको छ । पर्वतारोही सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–४ का ५४ वर्षीय ल्हाक्पा तेञ्जी शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक अशोक जबेगुले जानकारी दिए ।
मकालु हिमाल आरोहण गरी फर्कने क्रममा मकालु गाउँपालिका–२ र ३ को सिमानामा बेपत्ता भएका शेर्पाको शव शुक्रबार दिउँसो मकालु आधारशिविरमा फेला परेको प्रहरी निरीक्षक जबेगुले बताए ।
पर्वतारोही शेर्पाको शव मुचुल्कापछि शनिबार सोलुखुम्बु लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।