विराटनगर । मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र एपिएफ विजयी भएका छन् ।
विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा सोमबार भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई २ विकेटले पराजित गरेको छ । जितसँगै सुदूर समूह बि मा ४ खेलमा ३ मा जित र एकमा पराजित हुँदै ६ अंकको साथ दोस्रोे स्थानमा रहेको छ भने बागमतीले खेलेको दुवै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । बागमतीले बाँकी दुई खेल जित हातपारे पनि समूह चरणबाटै बाहिरिने छ । सुदूर पनि सेमिफानमा नजिक पुगेको छ । अब पुलिसले बाँकीरहेको २ खेलमा लुम्बिनी र बागमतीलाई भारी मतान्तरमा जित निकालेमात्र सुदूर प्रतियोगिाबाट बाहिरिने छ ।
टस जितेर ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा सबै विकेट गुमाइ ११७ रनमा सीमित भयोे । बागमतीका लागि शुभ कंशाकारले ३४ बलमा ३ छक्का र ४ चौका प्रहार गरी ४१ रन बनाउँदा रविन जोशीले ३१ रनको योगदान दिए ।सुदूरका प्लेयर अफ द म्याच नारायण जोशीले २ ओभर बलिङ गर्दै ९ रन दिएर ३ विकेट लिँदा नरेन साउदले २ विकेट लिए ।
जवाफमा ११८ रनको लक्ष्य पाएको सुदूरले १९.२ बलमा ८ विकेट गुमाइ सो विजयी लक्ष्य पार गरेको थियो । सुदूरको जितमा नरेन भट्टले ३० रन बनाउँदा दिपक बोहोराले २२ रन, किरण ठगुन्नाले २१ रन र नारायण जोशीले १६ रनको योगदान दिए । बागमतीका गौतम केसीले ३ विकेट लिँदा विपिन आचार्य र इशान पाण्डेले २–२ विकेट लिए ।
दोस्रो खेलमा एपिएफले घरेलु टोली कोशी प्रदेशलाई ४ विकेटले पराजित गरेको छ । एपिएफसँग पाराजित भएको कोशी प्रतियोगिताबाट बाहिरिएको छ । समूह ए मा ३ खेल खेलेकोमा एकमा मात्र जित हातपारेपछि कोशीको २ अंकका साथ तेस्रो स्थानमा रहेको छ । कोशीले लिगको अन्तिम खेल मंगलबार आर्मीसँग खेल्ने छ भने एपिएफले प्रतियोगितामा पहिलो जितको स्वाद दिएको छ । दुई खेलमा एकमा जित र एकमा पराजित भएको एपिएफ २ अंकका साथ तालिकामा चौथो स्थानमा रहेको छ । टस जितेर ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा सबै विकेट गुमाइ ११७ रनको योगफल तयार पारेको थियो । कोशी विकेटकिपर सोनु अन्सारीले ३१ बलमा २ छक्का र ३ चौका प्रहार गरी ४३ रन बनाउँदा अंकित सुवेदीले ३२ रन र श्रवण यादवले १९ रनको योगदान दिए । एपिएफका प्लेयर अफ द म्याच भुवन कार्की, यज्ञमान कुमाल, अमर रोटेला र इर्साद अहमद २–२ विकेट लिए ।
जवाफमा ११८ रनको लक्ष्य पछ्याएको एपिएफले १८.५ बलमा ६ विकेट गुमाइ लक्ष्य पारगरेको थियो । एपिएफकोे जितमा पुरन विकले ३६ रन, प्रनित थापा मगरले २० र अरुण ऐरीले १५ रनको योगदान दिए । मधेशका फिर्दोस अन्सारीले ४ ओभरमा १६ रन दिएर ३ विकेट लिँदा दिपेश कँडेलले एक विकेट लिए ।
मंगलबारको पहिलो खेल घरेलु टोली कोशी र आर्मी तथा दोस्रो खेल बागमती र गण्डकी बिच खेल हुने मोरङ क्रिकेट संघका अध्यक्ष महमद साद बाबु कुरैसीले जानकारी दिए ।
गण्डकीको कप्तान विपिनलाई कारवाही
गण्डकीको कप्तान विपिन खत्री कोशी प्रदेश ट्रफी क्रिकेट प्रतियोगिता कारवाहीमा परेका छन् । आइतबार पुलिससँग भएको खेलमा पुलिसका खेलाडी शंकर रानाको स्टम्पिङको अपिल गरेपनि अम्पायरले आउट दिएनन । खेल सकिएपछि विपिनले अम्पायरको गलत निर्णयले हामी पराजित भएको भन्ने प्रतिक्रिया दिएपछि विपिन कोड अफ कन्डक्ट लेव टु अनसनर कारवाहीमा परेका हुन् ।
म्याच रेफ्री महमद सफिकले उनलाई म्याच फि को सय प्रतिशत र ३ डिमेरी प्वाइन्ट दिएका छन् । उनले अव १८ महिनाभित्र क्यानले मान्यता दिए प्रतियोगितामा एक डिमेरी प्वाइनट पाए भने क्यानले मान्यता पाएको प्रतियोगिताको एक खेल प्रतिबन्ध हुने म्याच रेफ्री सफिकले बताए ।