काठमाडौँ । तिन प्रदेशका प्रदेश प्रमुख फेरिएका छन् । गण्डकी, मधेश र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख फेरिएका हुन् । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख फेरबदल गरेको हो ।

यसअघिका प्रदेश प्रमुखलाई फिर्ता गरेर नयाँ नियुक्तिको लागि सिफारिस गरिएको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

मधेश प्रदेशमा हरिशंकर मिश्र, गण्डकीमा पृथ्वीमान गुरुङ र सुदूरपश्चिममा देवराज जोशी प्रदेश प्रमुख थिए ।

मधेश प्रदेशमा सुमित्रा भण्डारी र गण्डकीमा डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेशमा नजिर मियाँको नियुक्तिको लागि सरकारले नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरिएको छ ।

कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका प्रदेश प्रमुखलाई यथावत् राखिएको छ ।