लोड हुँदैछ...

मेनु

कमल गाउँपालिकाका शिक्षकलाई अन्यत्र पढाउन बन्देज

कमल गाउँपालिकाका शिक्षकलाई अन्यत्र पढाउन बन्देज

झापा । झापाको कमल गाउँपालिकाले विद्यालय समयमा कार्यरत विद्यालय बाहेक अन्यत्र पढाउन रोक लगाएको छ । त्यस्ता सामुदायिक विद्यालयका शिक्षकलाई कारवाही गर्ने गरी उसले सबै विद्यालयहरुलाई परिपत्र जारी गरेको छ । विद्यालय समयपछि पनि अन्यत्र पढाउन पर्ने भए पूर्व अनुमति अनिवार्य हुने गाउँपालिकाले जनाएको छ ।

सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले अन्यत्र पढाउने गरेको गुनासो आउन थालेपछि यसको नियन्त्रणका लागि यो निर्णय गरिएको गाँउपालिका अध्यक्ष हुकुमसिंह राईले बताए ।

आफूखुसी अन्यत्र विद्यालयमा गएर पढाउन नपाइने स्पष्ट व्यवस्था रहेको भन्दै उनले सम्बन्धीत विद्यालय व्यवस्थापन समितिको सिफारिससहित पालिकाबाट समेत अनिवार्य अनुमति लिएर मात्र विद्यालय समय बाहिर पढाउन जान पाउने शिक्षा समितिले निर्णय गरेको उनले जानकारी दिए ।

यसबाट विद्यालय समयभित्र शिक्षकहरु जिम्मेवार रुपमा रहनुपर्ने दायित्वबोध गराउन खोजिएको राईले बताए । पालिका भित्र रहेका कुनै पनि विद्यालयहरूले नयाँ विद्यार्थी भर्ना गर्दा अनिवार्य रुपमा स्थानान्तरण प्रमाण र लव्द्याङ्क पत्र संलग्न गरेर मात्र विद्यार्थी भर्ना गर्न पनि गाँउपालिकाले निर्देशन दिएको छ । शिक्षा क्षेत्रमा धेरै विकृतीहरु रहेकाले यसलाई हटाउन यस प्रकारको निर्णय लिनु परेको अध्यक्ष राईले जनाउनुभएको छ ।

यसैगरी संस्थागत विद्यालयहरूले शैक्षिक सत्र २०८० मा शिक्षा नियमावली अनुसार १० प्रतिशत छात्रवृत्ति दिए नदिएको पनि जाँच्न सुरु गरिएको गाँउपालिकाले जनाएको छ । विद्यार्थी तथा अभिभावकको सम्पूर्ण विवरण सहित छात्रबृत्ति प्रदान गरिएकाहरुको विवरण गाँउपालिकाले मागेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।