टी–२० श्रृंखलाको पहिलो खेलमा आज नेपाल र नामिबिया बिच खेल हुँदै

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले टी–२० क्रिकेट त्रिकोणात्मक श्रृंखलाको पहिलो खेलमा आज नामिबियासँग खेल्दै छ । खेल बिहान ११ः३० बजे कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा शुरू हुनेछ ।

नेपालले यसै वर्षको जुनमा हुने टी–२० विश्वकपको तयारीको शुरूवातस्वरुप यो श्रृंखलालाई खेल्न लागेको हो । त्रिकोणात्मक श्रृंखलामा नेदरल्यान्ड्स पनि समावेश छ । नामिबिया र नेदरल्यान्ड्सले पनि विश्वकप खेल्दैछन् । नेपाल र नेदरल्यान्ड्स एकै समूहमा छन् ।

आइसीसी क्रिकेट विश्वकप लिग–२ को समापनपछि नेपाल, नामिबिया र नेदरल्यान्ड्सले टी–२० श्रृंखलामा प्रतिस्पर्धा गर्न लागेका हुन् ।

यसअघि नेपाल क्रिकेट संघ (क्यान)ले आइतवार साँझ त्रिकोणात्मक टी– २० श्रृंखलाका लागि नेपाली टोलीको घोषणा गरेको थियो ।

रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टोली घोषणा गरिएको हो ।

क्यानले विश्वकप लिग–२ खेलेको टोलीबाट ४ खेलाडी थप्दै टोली घोषणा गरेको थियो ।

नेपाल ‘ए’ टीमका कप्तान विनोद भण्डारीसहित सन्दीप जोरा, विवेक यादव, प्रतिश जीसी, रासिद खान र सागर ढकाल गरी ६ खेलाडी टोलीमा समावेश भएका छन् ।

नेपाल ‘ए’ले हालै क्यानडासँग सिरिज खेलेको थियो । ३ मध्ये १ खेल जितेको थियो ।

मङ्गलबार, १५ फागुन, २०८०, बिहानको ०९:२१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर