विराटनगर । विराटनगर – ५ को ग्रिनल्याण्ड स्कुलले विभिन्न कार्यक्रम गरेर अभिभावक दिवस मनाएको छ । स्कुल परिसरमा आज एक कार्यक्रम आयोजना गरी अभिभावक दिवस मनाएको हो ।सोही अवसरमा विद्यार्थीहरूले बिज्ञान प्रदर्शनि तथा साँस्कृतिक नृत्य, गायन र नाटक प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख टंक गौतमले विद्यार्थीहरूलाई सिप र संस्कारसहितको गुणस्तरीय शिक्षा प्रदान गरिनुपर्नेमा जोड दिए ।
यस्तै अनमोल स्पेशेल एजुकेसन सेन्टर प्रमुख डाक्टर अर्चना रिमालले एनोजाइटिकको समस्याले विद्यार्थीलाई स्कुल जान नसक्ने समस्या पछिल्लो समय बढ्दै गएको बताइन् ।
यस विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म २ हजार विद्यार्थी अध्ययनरत रहेको प्रिन्सिपल दीपक पोखरेलले जानकारी दिए ।

