लोड हुँदैछ...

मेनु

विराट राजवंशीको भेला फागुन ६ मा हुने

विराट राजवंशीको भेला फागुन ६ मा हुने

विराटनगर । विराट राजवंशी समाज उत्थान केन्द्रीय समितिको १७ औं भेला फागुन ६ गते विराटनगरमा हुने भएको छ । पहिचान र अधिकारका लागि विगत १६ वर्षदेखि निरन्तर संघर्ष गर्दै आएको विराट राजवंशीहरु उत्थान समितिले विराट राजवंशीलाई आदिवासी  जनजातिको सूचिमा सूचिकृत गर्नुपर्ने माग गर्दै आएका छन् ।

राज्यको हरेक अंगमा विराट राजवंशीको स्थान सुरक्षित गर्नु पर्ने, प्रदेश सभामा समानुपातिक रुपमा प्रतिनिधित्वको सुनिश्चित गर्नु पर्ने, विराटनगरमा विराट राजवंशीलाई प्रथम जातिको रुपमा घोषणा गर्नु पर्ने, विराटनगर महानगरपालिका, कटहरी, जहदा, बुढीगंगा र ग्रामथान गाउँ पालिका क्षेत्रलाई विराट राजवंशी स्वायत्त परिषदको व्यवस्था गर्नुपर्ने आदि मागहरु उनीहरुले अगाडि सार्दै आएका छन् ।

यस्तै विराटनगर १८ मा पर्ने भेडियांरी स्थित विराट दरबार क्षेत्रको संरक्षण र सम्बद्र्धनका लागि विराट राजवंशी समुदायको नेतृत्वमा पर्यटकीय क्षेत्र विकास आयोजना बनाउनु पर्ने आदि माग उनीहरुले अगाडि सारेका छन् ।

विराट राजवंशीहरुको उत्थान र एकबद्धताको निम्ति गर्न लागेको १७ औ बृहत् भेलाको पूर्वसन्ध्यामा आज फागुन ४ गते शुक्रबार बिहान ९ः३० बजे मोटरसाइकल ¥याली आयोजना गर्ने तयारी गरेको संचार तथा प्रचार प्रसार संयोजक राजेशकुमार राजवंशीले जानकारी दिए ।

त्यसैगरी फागुन ६ गते कन्चनबारी आधारभूत विद्यालमा झाँकीसहितको ¥याली निकाल्ने र कञ्चनबारी सितलुदास राजवंशी गुठीमा वृहत भेला आयोजना गर्ने तयारी गरिएको उनले बताए ।

कार्यक्रममा झापा, मोरङ सुनसरीबाट हजार बढिको सहभागिता रहने बताइएको छ । झापा, मोरङ, सुनसरीमा विराट राजवंशी जातिको करिब ४० हजार जनसंख्या रहेको उनीहरुले दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।