विराटनगर । गए राति  मोरङको पथरीशनिश्चरे – ८ मा पर्ने सिद्देश्वर बचत तथा ऋण सहकारीमा चोरी भएको छ । सहकारीको झ्याल फुटाएर भित्र पसेको चोरले ५ लाख ३९ हजार ५४७ रुपैयाँ नगद चोरेको सहकारीका संचालकले जनाएका छन् ।

चोरले सिसि क्यामेराको हार्ड डिक्स समेत चोरेर लगेको संस्थाका लेखा समिति संयोजक सुवास गौतमले जानकारी दिए ।

वडा नं. – ४आसपासमा केही दिनदेखि लगातार चोरी भइरहेको स्थानीयले बताएका छन् । केही दिनदेखि वडा नं. ४ का घरहरूमा निरन्तर चोरी भइरहेको स्थानीयको भनाइ रहेको छ ।