खेलकुद सप्ताहका विजयी विद्यार्थीलाई मेडल वितरण

विराटनगर । विश्वविद्यालयको वार्षिकोत्सवका अवसरमा आयोजित खेलकुद सप्ताहमा विजयी विद्यार्थीहरूलाई बुधवार मेडल, ट्रफी तथा प्रमाणपत्र वितरण गरिएको छ ।

विजयी विद्यार्थीहरूलाई कला, शिक्षा तथा कानुन शंकायका डीन प्रा. डा. अनिल कुमार पोखरेल, क्याम्पस प्रमुख महेश प्रसाद निरौला लगायतले एक कार्यक्रमकाबीच मेडल, ट्रफी र प्रमाण पत्र वितरण गरेका हुन् ।

एक सय मिटर महिला दौड प्रतियोगितामा प्रमिला खड्का प्रथम, मुना कार्की द्वीतिय र पूजा आचार्य तृतिय भएका थिए भने पुरुष एक सय मिटर दौडमा अभिषेक राई प्रथम, भरत बहादुर साउद द्वीतिय र यस कुशवाह तृतीय भएका थिए । चेस खुलातर्फ रणजित लावती प्रथम, उदगम पौडेल द्वीतिय र नितेश कुमार मण्डल तृतीय भएका थिए । व्याडमिन्टन महिला डबलमा नितिला खतिवडा र कृतिका पुडासैनीको समूह प्रथम भएको थियो भने श्रेया तिम्सिना र अन्नपूर्ण गिरीको समूह द्वितीय भएको थियो । व्याडमिन्टन पुरुष डबलमा रणजित लावती र पवन बुढाथोकीको समूह प्रथम तथा अमन कुमार महतो र समिर चौधरीको समूह द्वीतिय भएको थियो ।

त्यस्तै, टेबुल टेनिस महिला तर्फ कृतिका पुडासैनी प्रथम, ऋचा वस्ती द्वीतिय र निनम्मा राई तृतिय भएका थिए । पुरुष तर्फ उदगम पौडेल प्रथम, नितेश कुमार मण्डल द्वीति र शेषकान्त ताजपुरिया तृतीय भएका छन् ।

त्यसैगरी, भलिबल महिला तर्फ बीए एल.एल.बी. पहिलो वर्षको समूह प्रथम र बीए एल. एल. बी. दोस्रो वर्ष द्वीतिय भएको छ । क्रिकेट पुरुष तर्फ बीए एल.एल.बी दोस्रो वर्ष प्रथम र बीए एल. एल. बी. पहिलो वर्ष द्वीतिय भएको छ ।

पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ लले विश्वविद्यालयको वार्षिकोत्सवका अवसरमा पुस ११ गतेदेखि १८ गतेसम्म खेलकुद सप्ताह आयोजना गरेको थियो । उक्त खेलकुद सप्ताहका विजयी विद्यार्थीहरूलाई मेडल, ट्रफी र प्रमाणपत्र भने बुधवार वितरण गरिएको हो ।

प्रमाणपत्र वितरण समारोहलाई सम्बोधन गर्दै पूर्वाञ्चल विश्वविद्यालय कला, शिक्षा तथा कानून शंकायका डीन प्रा. डा. अनिल कुमार पोखरेल र क्याम्पस प्रमुख महेश प्रसाद निरौलाले शारीरिक तन्दुरुस्ती, स्वास्थ्य तथा सर्वाङ्गीण विकासका लागि खेलकुद आवश्यक र महत्व माथी प्रकाश पारेका थिए । पढाइका साथसाथै खेलकुदलाई पनि एकसाथ अघि बढाउनु पर्नेमा समारोहका वक्ताहरुको जोड थियो ।

 

बुधबार, ०२ फागुन, २०८०, साँझको ०५:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर