विराटनगर । आगामी वर्ष २०८१ सालमा नेपाल सरकारले ८८ दिन सार्वजनिक बिदा हुने भएको छ ।
गृह मन्त्रालयले राजपत्रमा प्रकाशन गरेको सूचना अनुसार एक वर्षमा ५३ शनिबार विदा हुने छ भने पर्व, दिवस र उत्सव विदा ३५ दिन कायम गरिएको छ ।
गृह मन्त्रालयले सार्वजनिक गरेको सूचनामा २७ दिन पर्व बिदा छ भने ६ दिन दिवस बिदा र २ वटा जन्मजयन्ती बिदासमेत छन् । चालु वर्षको सुचीमा रहेको जनयुद्ध दिवसको विदा सर्वोच्चको आदेश अनुसार हटाइएको छ भने माघ १६ गते शहिद दिवस र वैशाख ५ गते रामनवमीमा विदा दिनेगरि थप गरिएको छ ।
आगामी वर्षमा दशैंको विदा घटस्थापनासहित ६ दिन तोकिएको छ । असोज १७ गते घटस्थापना र २४ देखि २८ सम्म दशैं विदा दिइएको छ । यस्तै कात्तिक १५ गतेदेखि १९ गतेसम्म तिहार विदा तोकिएको छ ।


