इटहरी । सुनसरीको बराहक्षेत्रबाट प्रहरीले ठूलो परिमाणको अबैध लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

बराहक्षेत्र नगरपालिका ९ राजाबाँसस्थित सप्तकोशी नदीको किनारबाट ४०६ केजी लागूऔषध गाँजा लोड भएको टाटा सुमो गाडीसहित दुई जनालाई पक्राउ गरेको सुनसरी प्रहरीले जनाएको छ ।

मंगलबार बिहान उनीहरूलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड फायरसमेत गरेको थियो । विशेष सूचनाको आधारमा प्रदेश ०१–०२–००१ ज ४०५० नम्बरको गाडीमा लोड गरी राखेको १३ बोरा गाँजा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएको गाँजा ४०६ केजी ९४० ग्राम रहेको छ । लागूऔषध गाँजासहित गाडी चालक धरान उप–महानगरपालिका ४ का २५ वर्षीय सूर्य राई र भोजपुर हतुवागढी ८ का २७ वर्षीय लक्ष्मण राई पक्राउ परेका हुन् ।

पक्राउ परेकाहरू माथि जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको थियो । दुई दिनअघि पनि सुनसरी प्रहरीले धरानबाट १६३ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको थियो । यस्तै सोमबार १४९ किलो गाँजासहित १२ जना भारतीय नागरिक पक्राउ परेका थिए ।