नेपाल र स्विट्जरल्यान्डबीच हवाई सम्झौता

काठमाडौँ । स्विट्जरल्यान्ड र नेपालबीच हवाई सेवा सम्झौता भएको छ। सम्झौता अनुसार दुवै मुलुकबीच सातामा २८ उडान हुने गरि सम्झौता गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको उड्डयन महाशाखाका प्रमुख बुद्धिसागर लामिछानले जानकारी दिए।

उनका अनुसार ती उडानमध्ये काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढीमा १४ वटा र बाँकी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्नु पर्नेछ।

द्विपक्षीय हवाई सम्झौतामा दुवै देशका एयरलाइन्सलाई उडान गर्न तोकिएको छ।

यो सँगै नेपालले द्विपक्षीय हवाई सेवा सम्झौता गरेका मुलुकको सङ्ख्या ४२ पुगेको छ।

यसअघि गत मङ्सिर १९ गते नेपाल सरकार र रुवाण्डा सरकारबीच द्विपक्षीय हवाई सेवा सम्झौतामा हस्ताक्षर भएको थियो।

शनिबार, २७ माघ, २०८०, साँझको ०५:४२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर


You cannot copy content of this page