हिजो स्थगित भएको कोशी प्रदेश सरकार र पुनः नामकरण संघर्ष समितिबिच वार्ता सुरु

विराटनगर । कोशी प्रदेश सरकार र प्रदेश पुनः नामकरण संघर्ष समितिबीच पुन वार्ता शुरू भएको छ । शुक्रबार बिहान ९ बजेदेखि पुन: वार्ता शुरू भएको हो ।

यसअघि बिहीबार पनि दुई पक्षबीच वार्ता भएको थियो । बिहीवारको वार्ता सकारात्मक रहेको दुवै पक्षले बताएका छन् ।

वार्ता शुरू गर्नुअघि आजै पहिचानवादीहरूलाई होटलमा छाडेर सरकारी वार्ता टोलीले मुख्यमन्त्री केदार कार्कीसँग छलफल गरेका थिए ।

कोशी प्रदेश सरकारले संघर्षरत पहिचान पक्षधर समूहसँग वार्ता गर्न भौतिक पूर्वाधार विकासमन्त्री जबेगू संयोजक तथा पर्यटन, वन तथा वातावरण मन्त्री गणेशप्रसाद उप्रेती सदस्य र आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल सदस्य सचिव रहनेगरी वार्ता समिति बनाएको थियो ।

वार्तामा आन्दोलनरत पक्षको तर्फबाट केन्द्रसिं थेगिम, गोविन्दबहादुर आङबुहाङ, युवराज राई, दिवस राई, लाक्पा शेर्पा, कुमार लिङ्देन मिराक, पदम लिम्बू, अर्जुन जमेली राई, जेन्टल लावती, पदम जबेगू र चन्द्रकुमार चौधरी सहभागी रहेका छन्

तत्कालीन प्रदेश नम्बर १ को प्रदेशसभाले २०७९ फागुन १७ गते प्रदेशको नाम ‘कोशी’ राखेपछि त्यसका विरुद्ध पहिचानवादीहरू आन्दोलनरत छन् ।

उनीहरूले पहिचानसहित पुनः नामकरण गरिनुपर्ने माग गर्दै आएका छन् । यसअघि नेकपा ९एमाले०का हिक्मत कार्की नेतृत्वको सरकारले पनि पहिचान पक्षधरसँग वार्ता गरेको थियो ।

शुक्रबार, २६ माघ, २०८०, बिहानको ०९:४९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर