कोशी प्रदेश ट्रफी राष्ट्रिय टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता हुने

विराटनगर । विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला खेल मैदानमा कोशी प्रदेश ट्रफी राष्ट्रिय टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता हुने भएको छ ।

मोरङ जिल्ला क्रिकेट संघले बिहीबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा सघंका अध्यक्ष मोहम्मद साद कुरैसीले फागुन २२ गतेबाट चैत्र ३ गतेसम्म कोशी प्रदेश राष्ट्रिय टी– ट्वेन्टी प्रतियोगिता हुने जानकारी दिए । पत्रकार सम्मेलन अध्यक्ष कुरैसीले प्रतियोगिताको लागि मैदान तयारी गर्ने काम भइरहेको जानकारी दिए ।

प्रतियोगिताका विजेताले ५ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने अध्यक्ष कुरैसीले प्रतियोगिताका लागि अन्तर्राष्ट्रियस्तरको मैदान तयार हुने बताए । सात वटा प्रदेशसंगै तीन वटा विभागीय टोलीबीच प्रतिस्पर्धा हुने प्रतियोगिताका लागि करिब ७५ लाख रुपैया खर्च हुने उनले बताए ।

लिग कम नकआउटको आधारमा हुने प्रतियोगितामा १० टोलीले कुल २३ खेल खेल्नेछन् । पत्रकार सम्मेलनका क्रममा कोशी प्रदेश क्रिकेट संघका अध्यक्ष सर्वजीत राज पाण्डेले टी–ट्वेन्टीलाई सफलतापूर्वक आयोजना गराउन सबै पक्षले सहयोग गर्नु पर्ने बताए । क्यानको क्यालेण्डर अनुसार आयोजना हुने यस प्रतियोगिताले प्रदेशको क्रिकेट क्षमतालाई थप उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।

पत्रकार सम्मेलनमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीका जनसम्पर्क सल्लाहकार लिलाबल्लभ घिमिरेका अनुसार क्रिकेटको विकासका लागि सरकार सकारात्मक रहेको बताए ।

शुक्रबार, २६ माघ, २०८०, बिहानको ०७:३३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर