विराटनगर । राजश्व छली गरेको आरोपमा विराटनगर–११ जनपथ टोलमा रहेको स्वस्तिका ट्रेड एण्ड सप्लायर्समा राजस्व अनुसन्धान विभागको टोलीले छापा मारेको छ ।
विभागबाट खटिएको टोलीले कपडाको कारोबार गर्ने सप्लायर्सको गोदाममा भन्सारबाट आयात परिमाण अनुसारको मालवस्तु गणना सुरु गरेको हो ।
राजस्व अनुसन्धान इकाई कार्यालय इटहरीका प्रमुख सुरेश आचार्यका अनुसार भन्सार छली गरेर मालवस्तु स्कट भएको आशंकाका आधारमा विभागको टोलीले अनुसन्धान सुरु गरेको हो । भन्सार छलीका मालवस्तु स्टक हुने गरेको सूचनाका आधारमा विभागको टोलीले आयात परिमाण, खरिद–बिक्री खाता र स्टक परिमाणको अध्ययनसँगै कागजातका आधारमा स्टक गणनासमेत गर्नेछ ।
आफूले ठूलो परिमाणमा मालवस्तु आयात गरेरकोमा अनावश्यक रुपमा राजस्व अनुसन्धानले दुःख दिने हिसाबले बारम्बार छापा मार्ने गरेको आरोप सञ्चालक सन्जिव भगतले लगाएका छन् । राजश्व तिरेर औपचारिक बाटोबाट १० करोडभन्दा बढी मूल्यको मालवस्तु भित्र्याएर स्टक गरिएको उनको दावी छ ।