भुकम्प पीडितलाई राहत सहयोग गर्न सामुदायिक विद्यालय व्यवस्थापन संघको अपिल

विराटनगर । नेपाल सामुदायिक विद्यालय व्यवस्थापन संघले कर्णालीको जाजरकोटमा गएको भुकम्पमा परी घाइते भएका वा पीडित परिवारको राहत सहयोगको लागि अपिल गरेको छ ।

संघले आज एक अपिल जारी गर्दै गत शुक्रबार मध्यराती जाजरकोट, रामीडाँडा केन्द्र विन्दु भएर गएको ६.४ म्याग्नीच्युडको भुकम्पका कारण जाजरकोट र रुकम पश्चिमका जिल्ला लगायत विभिन्न स्थानमा भएको मानवीय तथा भौतिक क्षति भएकोमा मर्माहत भएको उल्लेख गरेको छ ।

‘विपदको घडीमा भुकम्प पीडितहरुको स्वास्थ्य, खानपीन, तथा अस्थायी आवासको व्यवस्था गरी तत्काल राहतका कार्यमा ध्यान दिनु सबै नेपालीको साझा कर्तव्य र जिम्मेवारी भएको हुँदा आ–आफ्नो तर्फबाट सहयोग गर्न हामी सबैको ध्यानाकर्षण गराउँदछौं,’ अध्यक्ष मणिराम गिरीले जारी गरेको अपिलमा उल्लेख छ, ‘राहत सामाग्र वितरण पारदर्शी बनाउन, व्यवस्थित गर्न र वास्तविक पीडितको अवस्थामा सुधार ल्याउन सरकारी, गैरसरकारी, व्यवसायिक तथा सर्वसाधारणहरु एकजुट हुँदै सद्भाव, सहानुभुति र एकताको अनुपम उदाहरण बनौं । अरुलाई दुखेको वेला हाम्रो सानो सहयोग पनि अमुल्य हुन्छ । अहिले अलि बढी कर्णाली दुखिरहेको छ । अतः यो संघ विद्यालयमा पढने सबै वालबालिका, शिक्षक, अभिभावकरुको पीडाप्रति अत्यन्त मर्माहत भएको छ र यस घडीमा आफ्नो तर्फबाट सक्दो सहयोगको प्रतिवद्धता व्यक्त गर्दछ ।’

सोमबार, २० कार्तिक, २०८०, साँझको ०६:५१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर