कोशी प्रदेशका भौतिक पूर्वाधारमन्त्री कार्कीलाई डेंगु सङ्क्रमण, वीर अस्पतालमा उपचार हुँदै

विराटनगर । कोशी प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री एकराज कार्कीलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ । मन्त्री कार्कीलाई मुटुमा समस्यासँगै डेंगु सङ्क्रमण भएपछि उनलाई काठमाडौँ लगिएको पारिवारिक स्रोतले जनाएको छ ।

मन्त्री कार्कीको वीर अस्पताल काठमाडौँमा उपचार भइरहेको मन्त्री कार्कीका छिमेकीसमेत रहेका एमालेका नेता नवीन सिवाकोटीले बताए । बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार गराइरहेकै बेला उनी मन्त्री बनेका थिए ।

बिरामी रहेकै बेला शपथ खानका लागि विराटनगर आएका उनी शपथपछि फर्किएर अस्पताल नै गएर उपचार गराएका थिए । मन्त्री कार्की वीर अस्पतालको स्पेसल भिआइपी कक्षमा उपचार गराइरहेका छन् ।

सोमबार, २५ भदौ, २०८०, साँझको ०७:०८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर