मुटुमा समस्या आएपछि पूर्वयुवराज पारस ह्याम्स अस्पताल भर्ना

काठमाडौं । मुटुमा समस्या आएपछि पूर्वयुवराज पारस शाह मण्डिखाटारस्थित ह्याम्स अस्पताल भर्ना भएका छन ।

पारसलाई भेट्न पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानी शाह अस्पतालमा पुगेका छन् ।

उनले मुटुमा केही असहज महसुस गरेकाले अस्पताल भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ ।

पूर्वयुवराज पारस झण्डै १२ वर्षयता मुटुका बिरामी छन् ।

शुक्रबार, १५ भदौ, २०८०, साँझको ०७:३४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर