मुख्यमन्त्री र प्रदेश प्रमुखलाई सरकारी आवास हस्तान्तरण

विराटनगर । सरकारले मुख्यमन्त्री र प्रदेश प्रमुखलाई सरकारी आवास हस्तान्तरण गरेको छ । ७ वटै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखलाई ललितपुरको भैँसेपाटीमा बनाइएको सरकारी आवास हस्तान्तरण गरेको छ ।

आइतवार आयोजित विशेष समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ललितपुर महानगरपालिका सैंवुस्थित सम्पर्क कार्यालय र निवास हस्तान्तरण गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले कोशी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख, मुख्य मन्त्रीको निवास समेत अवलोकन गरेका थिए ।

सातवटै प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीले साँचो बुझेका छन् । भैँसेपाटीमै सरकारका मन्त्रीहरूका लागि पनि आवासको व्यवस्था गरिएको छ ।

आइतबार, १० भदौ, २०८०, साँझको ०५:३८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर