विराटनगर । नेकपा माओवादी केन्द्रको भातृसंगठन प्रगतिशील जनस्वास्थ्यकर्मी महांसघको आयोजनामा झापामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तरगत झापा देखि सङ्गठनले स्वास्थ्य शिविर सञ्चालन गरेको हो । अरनिको मावि मेचीनगरमा प्रगतिशील जनस्वास्थ्यकर्मी महांसघले स्वास्थ्य शिविरको आयोजना गरेको हो । विराटनगरको पारस अस्पतालको प्राविधिक सहयोगमा शिविर गरिएको हो । शिविरमा १५ बढी रोगको निःशुल्क उपचार गरिएको प्रगतिशील जनस्वास्थ्यकर्मी महांसघकी नेता अञ्जना पोख्रेलले बताइन । क्यान्सर, मिर्गौला मुटु रोगको पहिचान गरिएको थियो भने दम, मधुमेहका बिरामीको उपचार गरिएको थियो । महिलाहरूको पाठेघर सम्बन्धी समस्या तथा नाक कान घाटी तथा आँखा रोग विशेषज्ञ वाट सेवा उपलब्ध गराइएको थियो ।
पेट, छाती, हाड जोर्नी ,नशा रोग वाथरोगको उपचार साथै सबै रोगहरूको औषधि समेत निःशुल्क प्रदान गरिएको पोख्रेलले बताइन । तिन महिने अभियानमा देशै भरी स्वास्थ्य शिविर सञ्चालन गर्ने पोख्रेलले जनाइन । दुर्गम तथा पिछडिएका क्षेत्रहरूमा जनस्वास्थ्यकर्मी महांसघले शिविर गर्ने जनाइएको छ ।