डिजेल र पेट्रोलको मूल्य ह्वात्तै बढ्यो

विराटनगर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढाएको छ । निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले पेट्रोल र डिजेलको मूल्य बढाउने निर्णय गरेको थियो ।

बैठकले पेट्रोलको भाउ प्रतिलिटर ९ रुपैयाँ वृद्धि गरेको छ भने डिजेल र मट्टीतेलको भाउ प्रतिलिटर ७ रुपैयाँ बढाउने निर्णय गरेको हो ।

बढेको मूल्य आज मध्यरातिदेखि लागू हुने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । निगमका अनुसार पेट्रोलको मूल्य तेस्रो वर्गमा १७३, दोस्रो वर्गमा १७२ र पहिलो वर्गमा १७० रुपैयाँ ५० पैसा कायम भएको छ ।

यस्तै डिजेल तथा मट्टीतेलको मूल्य तेस्रो वर्गमा १५३, दोस्रो वर्गमा, दोस्रो वर्गमा १५२ र तेस्रो वर्गमा १५० रुपैयाँ ५० पैसा प्रतिलिटर कायम भएको छ ।
निगमले खाना पकाउने ग्यासको भने भाउ घटाएर १६६० कायम गरेको छ । भारतबाट मूल्य घटबढ भएर आएसँगै स्वचालित मूल्य प्रणालीअनुसार निगमले मूल्य समायोजन गरेको हो।

बुधबार, १७ साउन, २०८०, बिहानको ०७:५८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर