संसद्का दुवै सदनबाट बजेट पारित

काठमाडौं । सरकारले, प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान ९बजेट० सङ्घीय संसद्का दुवै सदनबाट पारित भएको छ ।

प्रतिनिधि सभाबाट यसअघि नै पारित भएको विनियोजन विधेयक, २०८० राष्ट्रियसभाको आजको बैठकले बहुमतले पारित गरेको हो । प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बजेटमाथि राष्ट्रिय सभामा छलफल भइरहेको थियो ।

अर्थमन्त्री डा प्रकाशशरण महतले पेस गरेको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित भएको हो । त्यसअघि विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न शीर्षकमा प्रस्तुत खर्च कटौतीको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।

आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिएका थिए ।

सङ्घीय संसद्का दुवै सदनबाट बजेट पारित भएसँगै आगामी साउन १ गतेदेखि बजेट कार्यान्वयनको बाटो खुलेको छ

बिहिबार, २८ असार, २०८०, साँझको ०६:०२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर