सरकारले तोक्यो रोपाइँ नसकिँदै धानको समर्थन मूल्य

विराटनगर । सरकारले यसपटक धानको समर्थन मूल्य रोपाइँ नसकिँदै तोकेको छ ।

मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले धानको समर्थन मूल्य तोकेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

कृषि मन्त्रालयको प्रस्तावमा धानको समर्थन मूल्य तोकिएको हो ।

शर्माका अनुसार मोटा धानको प्रतिक्विन्टल ३ हजार १९८ र मध्यम धानको प्रतिक्वीन्टल ३ हजार ३ ६२ रुपैयाँ समर्थन मूल्य तोकिएको छ ।

अहिले तोकिएको मुल्य पहिलाभन्दा साढे २०० रुपैयाँले बढी हो ।

सरकारले किसानले रोपाइँ नसक्दै धानको मूल्य तोकेको छ ।

बुधबार, २७ असार, २०८०, बिहानको ०९:२९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर