विराटनगर । विराटनगरको एकमात्र स्कुल जहाँ छात्राहरु मात्रै अध्ययन गर्दछन् । विराटनगर–२ शंखरपुरस्थित सेन्ट मेरिज माध्यमिक विद्यालयले प्लस टु तर्फ विगत ५ वर्षदेखि अध्ययापन गराउदै आएको छ । विश्वव्यापि रूपमा गुणस्तरिय शिक्षाका लागि अलग, छाप र पहिचान बनाउन सफल भएको यो गैर नाफाकारी संस्था हो।
जहाँ छात्राहरूमा सिप क्षमताको र उपयोगितावादको प्रवर्धन गर्ने उद्देश्यले स्थापना गरिएको विद्यालयले जनाएको छ । कौशल शिप उन्मुख र अभ्यासमा आधारित शिक्षा प्रदान गर्दै आइरहेको उक्त विद्यालय छात्रा र अभिभावकहरूको रोजाइमा पर्ने गरेको कार्यक्रम संयोजक प्रविण कुमार विश्वासले बताए ।
सुविधा सम्पन्न शैक्षिक पूर्वाधार व्यवस्थापन, पूर्वाधार उत्कृष्ट दक्ष अनुभवी तथा ख्याति प्राप्त प्राध्यापक र युवा लेक्चररहरुको समूहद्वारा फाठ्यक्रम सिकाईका साथै अतिरित्त क्रियाकलापहरूको विधिबाट पढाई हुने गरेको छ । उक्त विद्यालयमा प्रत्येक कक्ष कोठामा स्मार्ट बोर्ड राखिएको छ भने पुस्तकालय, प्रयोगशाला र क्यान्टिन उत्कृष्ट रहेको प्लस टु कार्यक्रम संयोजक प्रविन कुमार विश्वासले बताए ।
उक्त विद्यालयमा प्रत्येक कक्षा कोठामा स्मार्ट बोड,पुस्तकालय प्रयोगशाला, क्यान्टिन रहेको कार्यक्रम संयोजक विश्वासले जानकारी दिए । कक्षा ११ र १२ तर्फ २०७६ सालदेखि नैं शतप्रतिशत नतिजा ल्याउन सफल भएको संस्थामाविद्यार्थीहरूका लागि प्रि–मेडिकल र प्रि–इन्जिनियरि संचालनमा ल्याउने तयारीमा रहेको संयोजक विश्वासले बताए। उक्त विद्यालयमा बिज्ञान , म्यानेजमेन्ट, कम्प्युटर साइन्स अध्ययापन हुने विद्यालयले जनाएको छ।
विद्यालयको प्रवेश परीक्षा असार २८ गते १० बजे हुने संयोजक विश्वासले जानकारी दिए । कलेजले आफ्नो भौतिक पुर्वाधार तथा शैक्षिक गतिविधिमा नयाँपन दिने उदेश्यले कक्षा सञ्चालन गर्दै आएको छ ।