विराटनगर । मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईंलाई हत्याको धम्की दिई फिरौती मागेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
प्रसाईंलाई हत्याको धम्की दिई फिरौती माग्ने रमेशकुमार गुरुङलाई पक्राउ गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले जनाएको छ।
खोटाङको राहबेँसी गाउँपालिका– १ घर भई काठमाडौं महानगरपालिका– ४ चुनदेवी बस्दै आएका ४० वर्षीय गुरुङले प्रसाईंसँग ३० करोड रुपैयाँ फिरौती मागेका थिए।
फिरौती लिन आएका बेला गुरुङलाई मंगलबार महाराजगन्जबाट पक्राउ गरी आवश्यक अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ ।