इलाम, झापा र मोरङमा जलसतह बढ्ने, सतर्कताको आव्हान

विराटनगर । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज विभिन्न जिल्लामा भारी वर्षा हुने भएकोले सतर्कता अपनाउन आव्हान गरेको छ ।

महाशाखाका अनुसार आज इलाम, झापा, मोरङ, उदयपुर, सिन्धुली, सर्लाही, रौतहट, मकवानपुर, चितवन, नवलपरासी, स्याङ्जा, तनहुँ, गुल्मी, अर्घाखाँची, प्युठान, दाङ, र आसपास भइ बहने केही स–साना नदीहरूमा बहाब उल्लेख्य बढ्ने तथा केहीमा आकस्मिक बाढीको जोखिम छ।

सुनसरी, काभ्रेपलाञ्चोक, ललितपुर, सिन्धुपाल्चोक, दोलखा, खोटाङ, गोरखा, लमजुङ, कास्की, पर्वत, बागलुङ, बाँके भई बहने केही स–साना नदीहरूमा पनि बहाब बढ्न सक्ने महाशाखाले जानकारी दिएको छ।

जलसतह सतर्कता तह पार गर्ने र आकस्मिक बाढीको सम्भावना रहेका नदीहरूको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। महाशाखाका अनुसार आज रूपन्देही, कपिलवस्तु र पाल्पा आसपास भई बहने नदीहरूमा बाढीको उच्च जोखिम रहेको जनाएको छ। आज तिनाउ, पश्चिम राप्ति, बबई र साना सहायक नदीहरूमा जलसतह सतर्कता तहमा पुग्न सक्ने पूर्वानुमान छ।

शुक्रबार, १५ असार, २०८०, बिहानको १०:२६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर