सहजले माग्यो कृषि सम्बन्धी परियोजना प्रस्ताव

विराटनगर । स्विस सरकारको सहयोगमा संचालित सहज परियोजनाले कोसी प्रदेशमा कृषि उद्यम गर्न चाहने उद्यमीहरुबाट परियोजना माग गरेको छ । सहज च्यालेन्ज फण्डका रुपमा चार वर्षका लागि सञ्चालन भएको यो परियोजनाले देशभरिका उद्यमीहरुबाट कोशी प्रदेशमा दूघ, अलैंची, मौसमी तरकारी र मकै खेतीमा नविनतम सोच भएका कृषक र उद्यमीहरुबाट परियोजना माग गरेका हो ।

सहजले उत्कृष्ट परियोजना पेश गर्ने कृषक, उद्यमी र अनुसन्धानकर्ताहरुलाई प्रतिपरियोजना ५ देखी ५० लाखसम्म अनुदान प्रदान गर्ने सहज परियोजनाकी टिम लिडर रिमा श्रेष्ठले जानकारी गराइन् । श्रेष्ठकाअनुसार परियोजनाले कोशी प्रदेशमा कृषि विकास प्रबद्र्धनका लागि उत्पादन, ढुवानी र बजार प्रबद्र्धनमा सहयोग गर्नेछ ।

सहजका कृषि मेनेजर सुवेच्छा श्रेष्ठकाअनुसार कोशी प्रदेशको कृषि क्षेत्रको विकासमा लागिपर्न चाहने देशभरिका उद्यमी र अनुसन्धानकर्ता अनि कृषकहरुले अगामी ७ साउन २०८० भित्र आफनो परियोजना पेश गरिसक्नुपर्ने छ । परियोजनाका लागि खाद्य प्रविधि तथा परामर्श सेवा प्रदायक, उत्पादन विकास र गुणस्तर सेवामा कार्यरत प्रदायक, अनुसन्धान तथा विकास सेवा प्रदायक, खाद्य परीक्षण र प्रयोगशाला सेवा, अनि गुणस्तर प्रमाणीकरण गर्ने सेवाका प्रदायकहरुले आफनो नविनतम् सोच सहित परियोजना पेश गर्न सक्नेछन् । सहजले उत्पादन बढाउन क्षमता अभिबृद्धि गराउने, उत्पादनको गुणस्तर जाँच गराउँदै सुधार गराउने अनुसन्धानमा आधारित भएर उत्पादन बढाउन सहयोग गर्नेदेखि गुणस्तर परीक्षण र प्रशोधनका लागि डिजिटल परामर्श लगायतका सेवाका लागि सहयोग गर्नेछ ।

स्विस सरकारको एजेन्सी फर डेभलपमेन्ट एण्ड को अपरेसन (एमडिसी) ले सहयोग गरेको सहजको कृषि कार्यक्रमलाई वातावरणीय तथा कृषि नीति अनुसन्धान विस्तार र विकास केन्द्र (सिप्रड)ले पनि सघाइरहेको छ । सहज परियोजनाको लक्ष्य कोशी प्रदेशमा कृषि उत्पापदन विकास र गुणस्तर सुधार गरेर नमूना उत्पादनहरु बजारसम्म पुर्याउनु रहेको वतारण विज्ञ विपिन बस्नेतले बताए ।

बिहिबार, १४ असार, २०८०, बिहानको ०८:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर