तुलसी सहकारीका अध्यक्षसमेत रहेका केदारनाथ शर्मा पक्राउ

विराटनगर । विराटनगरमा रहेको तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसमेत रहेका केदारनाथ शर्मा पक्राउ परेका छन् । शर्माले तुलसी सहकारीका वचतकर्ताको १ अर्ब ४५ करोड रुपैयाँ हिनामिना गरेको आरोप छ । उनै शर्मा शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका पनि पूर्वअध्यक्ष हुन् ।

उनीमाथि शिवशिखर सहकारीका निक्षेपकर्ताहरूको १४ अर्ब रूपैयाँभन्दा बढी रकम हिनामिना गरेको अर्को आरोप छ। शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गएराति भारतबाट पक्राउ गरेको हो।

जम्मा गरेको रकम फिर्ता नपाएपछि निक्षेपकर्ताहरूले सहकारी विभाग र प्रहरीमा उजुरी दिएका थिए। उजुरीकै आधारमा फरार रहेका शर्मा पक्राउ परेका हुन्। शिवशिखर सहकारीबाट करिब १ लाख पीडित रहेको बताइएको छ । यता, तुलसी सहकारीबाट पनि ५ हजारभन्दा बढी निक्षेपकर्ता पीडित बनेका छन् ।

मङ्गलबार, १२ असार, २०८०, दिउँसोको ०२:२५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर