लोड हुँदैछ...

मेनु

अन्यायमा पारिएको भन्दै भन्सार एजेन्टका प्रतिनिधि आन्दोलित

अन्यायमा पारिएको भन्दै  भन्सार एजेन्टका प्रतिनिधि आन्दोलित
विराटनगर । अर्थमन्त्री प्रकाशशरण महतले नयाँ बजेटमार्फत् गरेको नयाँ व्यवस्थाले आफूहरू मारमा परेको भन्दै भन्सार एजेन्टका प्रतिनिधि आन्दोलित भएका छन् ।
नयाँ बजेटमार्फत् सरकारले भन्सार एजेन्टका प्रतिनिधिहरूलाई भन्सारसम्बद्ध काममा रोक लगाउने व्यवस्था गरेको र त्यसले सयौंको रोजगारी खोसिने र हजारौं आश्रितको बेहाल हुने भन्दै भन्सार एजेन्टका प्रतिनिधिहरूको संघर्ष समितिले काठमाडौंमा धर्ना र विरोध सुरू गरेको हो ।
‘भन्सार एजेन्टका प्रतिनिधिहरू देशभरमा चार सयभन्दा बढी छौं, हामीमा आश्रितको संख्या हजारौं छ’ आन्दोलनको नेतृत्वकर्तामध्येका एक शंकर थापाले भने, ‘त्यसैले यो अन्यायपूर्ण काम सरकारले सच्याउनुपर्छ।’ उनका अनुसार काठमाडौंमा सरकारको ध्यानाकर्षण गर्न आन्दोलन थालिएको हो ।
लामो समयदेखि प्रतिनिधिको रूपमा काम गरिरहेकाहरूलाई भन्सार एजेन्टको इजाजतपत्र दिन, प्रतिनिधिहरूलाई यथाशीघ्र काम गर्ने वातावरण मिलाउन, भन्सार ऐन २०६४ को दफा ५१ (१) भन्सार एजेन्ट वा प्रतिनिधि व्यवस्था पुरानै कायम गर्न र भन्सार नियमावली २०६४ को नियम ३७ (९, १०, १२, १३ र १६) पुरानै कायम गर्न संघर्ष समितिले माग गरेको छ।  आइतबारदेखि त्रिपुरेश्वरस्थित भन्सार विभाग अगाडि संशोधित भन्सार ऐन २०६४ र नियमावली ०६४ ले भन्सार प्रतिनिधिले काम गर्न गरेको व्यवस्था नै खारेज गरेको भन्दै उनीहरू धर्नामा बसेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।