विराटनगर । कोशी प्रदेशह सरकारले सर्वत्र आलोचित सांसद विकास कोषलाई उच्च प्राथमिकता दिएको छ। क्षेत्र विकासका नाममा प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदलाई दुई –दुई करोड र समानुपातिक सांसदलाई एक–एक करोड रुपैयाँ वितरण गर्ने भएको छ । घोषणासहित कोशी प्रदेश सरकारले अध्यादेशमार्फत बजेट सार्वजनिक गरेको छ।
बुधबार प्रदेश सभा चल्दाचल्दैको बजेट अधिवेशन अन्त्य गरेर आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका मुख्यमन्त्री हिक्मत कार्कीले बिहीबार अध्यादेशमार्फत बजेट सार्वजनिक गरेकाछन ।
अध्यादेशमार्फत ल्याइएकोआर्थिक वर्ष २०८०–०८१ को बजेटको आकार अघिल्लो वर्षभन्दा घटेको छ। यसपटक सरकारले ३६ अर्ब २४ करोड ३५ लाख १० हजारको बजेट सार्वजनिक गरेको छ। चालू आर्थिक वर्षको बजेट ३९ अर्बको थियो।
बिदा हुने बेलामा सर्वत्र आलोचित सांसद विकास कोषलाई कार्की नेतृत्वको सरकारले उच्च प्राथमिकता दिएको हो ।
यसअघि पनि प्रदेशमा सांसदहरूलाई पैसा बाँडिएको थियो। सुरूमा प्रत्यक्षमा निर्वाचितलाई एक÷एक करोड र समानुपातिकलाई ५० लाख दिने व्यवस्था थियो। पछि एक/एक करोड बनाइएको थियो। यसपटक बढाएर प्रत्यक्षलाई दुई करोड र समानुपातिकलाई एक–एक करोड दिइने भएको हो।
कोशीमा ९३ जनामध्ये ५६ जना प्रत्यक्ष निर्वाचित सांसद छन भने ३७ जना समानुपातिक सांसद छन। यसरी हिसाब गर्दा प्रत्यक्ष निर्वाचितले १ अर्ब १२ करोड रकम पाउने छन् भने समानुपातिकबाट छानिएकाले ३७ करोड पाउनेछन्।
यसरी प्रदेशमा सांसदहरूलाई मात्रै वार्षिक १ अर्ब ४९ करोड रकम वितरण हुनेछ।
























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।