लोड हुँदैछ...

मेनु

शेयर बजारमा मंगलबार उच्च अंकको वृद्धि

शेयर बजारमा मंगलबार उच्च अंकको वृद्धि

काठमाडौँ । शेयर बजारमा मंगलबार उच्च अंकको वृद्धि देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ३४.१७ अंकले बढेर २०२०.६४ अंकमा कायम भएको हो। शेयर बजार यो साता लगातार उकालो लागिरहेको छ ।

मंगलबार कारोबार रकम पनि बढेको छ। विभिन्न २७० कम्पनीका एक करोड आठ लाख एक हजार ६९३ कित्ता शेयर चार अर्ब १२ करोड ६६ लाख ९५ हजार ९४३ कारोबार भएका छन्।

मंगलबारको कारोबारमा २२ वटा कम्पनीको मूल्य मात्रै घटेको छ भने अरू सबै कम्पनीको बढेको छ। नेप्सेका सबै समूहको उपसूचक हरियो देखिएको छ।

सबैभन्दा धेरै जीवन बीमा समूह २७६.६० र निर्जीवन बीमा समूह २२४.९० अंकमा कायम भएको छ। बैंकिङ समूह ७.३६, विकास बैंक ५८.१४, वित्त ३६.९२, होटल तथा पर्यटन १०३.७६, जलविद्युत् ४८.५७ र लगानी समूह १.३६ अंकले बढेको छ।

त्यस्तै, उत्पादन तथा प्रशोधन २२१.५७, लघुवित्त ९६.७०, म्युचुअल फन्ड ०.१६, व्यापार ६१.५० र अन्य समूह १५.५३ अंकले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 6 seconds